
बझाङ । नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिएको हो । यसअघि उम्मेदवार भएका अफिलाल ओखेडा यसपल्ट भने सिफारिसमा पर्नुभएको छैन ।
उक्त निर्वाचन क्षेत्र यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी हुनुभएको थियो । सिंह सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्री हुनुभएको थियो । गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा उहाँको निधन भएपछि रिक्त रहेको स्थानमा उपचुनाव हुन लागेको हो।
आगामी वैशाख १५ गते उपचुनाव हुँदैछ भने चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह