
धरान। धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । यहाँस्थित रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक बराबरी गोल गरेका थिए । झापाका खेलाडी फोडा फेफानेले खेलको ४३औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको जवाफमा एनआरटीका सरोज तामाङले ४५औँ मिनेटमा गोल फर्काएर बराबरीमा पु¥याएका थिए । निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा एनआरटीका लागि सरोज तामाङ, सनम लिम्बू, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङले गोल गरेका थिए भने झापाका लागि विमल घर्ती मगर, अभिशेक गुरुङ, दिवस उराव र देवेन्द्र तामाङले मात्र गोल गर्न सफल भए । झापाका विशाल घलानको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए ।
आजको खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित हुँदै नगद रू १० हजार प्राप्त गरे । शनिबार हुने फाइनल प्रतिस्पर्धामा एनआरटीले मोरङ फुटबल एसोसिएनसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह