
काठमाडौँ । निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
सभाको बिहीबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो । प्रस्तावमाथिको छलफलमा सांसद रघुजी पन्त, दामोदर पौडेल ‘वैरागी’, चन्दा कार्की (भण्डारी), वासुदेव घिमिरे, लेखनाथ दाहाल, प्रदीप पौडल, शिशिर खनाल, अब्दुल खान, निशा डाँगी, सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, गणेश पराजुली, शिव नेपाली, मनिष झा, विनिता कठायत, बद्रीप्रसाद पाण्डे, माधव सापकोटा, सञ्जय गौतम लगायतले भाग लिनुभएको थियो ।
सभामुख देवराज घिमिरेले विधेयकमाथि संशोधन पेश गर्न चाहने सांसदले ७२ घण्टाभित्र आफूले गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्ने जानकारी गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह