
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो गठबन्धन बीचमा नटुट्ने बताउनुभएको हो । ‘हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन’ उहाँले भन्नुभयो– ‘तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।’
अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुनसक्ने उहाँले बताउनुभयो । एकताका लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उहाँको भनाइ छ । देशको आवश्यकतानुसार यो मोर्चा बनेकोसमेत उहाँले बताउनुभयो । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।
मुलुकमा अब दुई विचारधाराबीच नै प्रतिस्पर्धा हुनेसमेत ज्ञवालीको भनाइ छ । उहाँका अनुसार अब पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ । उपाध्यक्ष ज्ञवालीले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक र संस्कृतिकरूपमा क्रान्ति हुनु आवश्यक रहेको समेत बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह