
मोरङ। कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।
मोरङको विराटनगरस्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनीलाई आठ विकेटले पराजित गरेको हो । पुलिसले बिहीबार बागमती प्रदेशविरुद्ध खेल्ने छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित हुँदै अर्को विभागीय टोली एपिएफ क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रनको योगफल बनायो । लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरी ५० रन बनाए । कप्तान देव खनालले ३८ बलमा एक छक्का पाँच चौकासहित २९ रन तथा आकाश त्रिपाठीले ३४ रनको योगदान दिए । बलिङतर्फ पुलिसका कप्तान मञ्जित श्रेष्ठ र अभिषेक कार्कीले दुई दुई विकेट लिए ।
एक सय ५२ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । पुलिसका लागि प्लेयर अफ दी म्याच रोहन विकले ५० बलमा चार छक्का र सात चौका प्रहार गरी नटआउट ८० रन बनाए । अमित श्रेष्ठले ४९ रन बनाए । बलिङतर्फ लुम्बिनीका देव खनालले एक विकेट लिए ।
दोस्रो खेलमा त्रिभुवन आर्मीले एपिएफ क्लबलाई चार विकेटले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन बनायो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ३३ रन बनाए । कप्तान भुवन कार्कीले २५ रन र पुरन विकले २३ रनको योगदान दिए । बलिङतर्फ आर्मीका सुमित श्रेष्ठले तीन तथा तृतराज दासले दुई विकेट लिए ।
एक सय ४० रनको लक्ष्य आर्मीले १८ दशमलव तीन ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि प्लेयर अफ दी म्याच वसिर अहमदले ३९ बलमा दुई छक्का र तीन चौका प्रहार गरी नटआउट ४६ रन बनाए । सन्दीप रजालीले २६ र रमेश भट्टले २२ रन बनाए । बलिङतर्फ एपिएफका भुवन कार्की र यज्ञमान कुमालले दुई दुई विकेट लिए ।
बिहीबारको पहिलो खेल मधेस प्रदेश र एपिएफ क्लबबीच तथा दोस्रो खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह