
काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले किसानका, कर्णालीका बासिन्दाका, बेरोजारी तथा श्रमिकका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद सिटौलाले भन्नुभयो– ‘संविधानमा व्यवस्था भए अनुसारका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै मिलेर लाग्नुपर्छ । दलका नेता व्यक्तिगत तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर जनता र मुलुकका लागि सोच्नुपर्छ ।’
सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने उहाँको भनाइ छ । संविधानमा गरिएका व्यवस्था तथा सेवाबाट कोही पनि वञ्चित हुन नहुने उहाँले बताउनुभयो । दलका नेताहरु राष्ट्र र जनताप्रति केन्द्रित हुनेभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा लागेका उहाँको भनाइ छ । सांसद सिटौलाले किसानका समस्या, कर्णालीका समस्या, बेरोजारी तथा श्रमिकका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको भन्दै उपलब्धि जोगाउनका लागि पनि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो । सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।
नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले राजनीतिक स्थिरता कायम गर्दै बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायत जनताका साझा समस्या समाधान गर्ने प्रयत्न गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद डा बेदुराम भुषालले यसअघि राष्ट्रियसभाले गरेका राम्रा कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद बामदेव गौतमले प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सांसदबीच विभेद् हुन नहुने बताउनुभयो ।
सांसद शेखरकुमार सिंहले मधेश समुदायप्रति कुनै किसिमको विभेद् हुन नहुने बताउनुभयो । सांसद तुलप्रसाद विश्वकर्मा र मेगेन्द्रसिंह यादवले मुलुकमा विद्यमान समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह