
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले प्रदेश प्रमुख सिफारिसमा मधेसीलाई वेवास्ता गरिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले नयाँ सरकार गठनभएसँगै प्रदेश प्रमुख परिवर्तन गरिनु र सिफारिसमा पनि मधेसी अनुहार नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । सांसद चौधरीले लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी समेत गराउनुभयो ।
उहाँले भन्नुभयो– हाम्रो दलले वर्तमान गठबन्धन सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्दै जाने भन्ने पहिला पनि जानकारी गराएको थिए र हाल पनि दलको समर्थन र सहयोग रहन्छ, तर, हालका लागि लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी गराउछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह