
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा चन्द्रकान्त सिके राउतले जनआकाङ्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारको फेरबदलले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी गर्दै देश र जनताको हितमा प्रभावकारी काम गर्न सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष राउतले पटक-पटक गठबन्धन बन्ने र भत्कने अवस्थाले जनतालाई फाइदा नपुग्ने बताउनुभयो । जनताले राजनीतिक दल र नेताहरुलाई दिएको विश्वासको मत बचाउन कठिन भइरहेको अवस्थामा राजनीतिक प्रणालीमाथिको जनविश्वास अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो ।
अध्यक्ष राउतले भन्नुभयो– ‘हामी राजनीतिक कारणले वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्न सक्दैनौँ तर सफलताको शुभकामना भने दिन्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह