
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।
रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने पनि स्पष्ट गर्नुभयो । उहाँले जोखिम लिएरै आफूहरुले वर्तमान गठबन्धन सरकारलाई साथ दिएको हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह