
काठमामडौँ । हङकङमा जारी त्रिकोणात्मक टि २०आई श्रृंखलाको फाइनलमा आज नेपाल र पपुवा न्युगिनी खेल्दैछन् । खेल नेपाली समयअनुसार मध्यान्ह ११ः४५ बजे शुरु हुनेछ ।
नेपालले मंगलबार सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पपुवा न्युगिनी हिजो नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल भेट पक्का गर्यो । नेपाल र हङकङबीच भएको पहिलो खेल भने वर्षाले पूरा हुन नसक्दा अंक बाँडिएको थियो ।
नेपालले पपुवा न्युगिनीविरुद्ध पछिल्लो ४ टि २० खेलमा हार बेहोरेको छैन । सन् २०२२ मा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि नेपालले फाइनलमा पपुवा न्युगिनीलाई नै हराएको थियो । उक्त सिरिजमा मलेसिया पनि सहभागी थियो ।
नेपाली टोली :
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह