
धरान । झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
धरान रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका आशिष चापागाई निर्णायक गोल गरेका थिए । उनले खेलको ४४औँ मिनेटमा गोल गरेका थिए ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले फाइनल यात्राका लागि बिहीवार एनआरटी क्लब काठमाडौँसँग प्रतिष्पर्धा गर्ने छ । आजको खेलको म्यान अफ दी म्याच काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल घलान घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे ।
बुधबार पहिलो सेमिफाइनल खेल आयोजक धरान फुटबल क्लब र मोरङ फुटबल एशोसिएसनबीच हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह