
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ ।
सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताउनुभयो ।
‘राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’ अध्यक्ष दाहालले भन्नुभयो– ‘म त्यहीअनुसार अगाडि बढ्छु ।’
संविधानमा उल्लेख भएअनुसार राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उहाँको भनाइ थियो ।
राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने बताउँदै उहाँले कानुन निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उहाँको भनाइ छ । अध्यक्ष दाहालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह