
काठमाडौँ । जनमत पार्टी वर्तमान सरकारमा सहभागी नहुने भएको छ ।
फागुन २३ गते भएको पार्टी बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको जनमतले मंगलबार विज्ञप्ति निकालेर जनाएको हो ।
पार्टीले नयाँ गठबन्धनमा नजाने र सरकारलाई पनि समर्थन नगर्ने निर्णय गरेको हो । इलामको प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा जनमतले उम्मेदवारी दिने निर्णय गरेको छ ।
सप्तरीमा गत माघ ८ गते भएको घटनाको छाननिव गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह