
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताउनुभएको छ ।
मन्त्री भण्डारीले सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महशुस गरिएको बताउनुभयो । ‘राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ’ उहाँले भन्नुभयो– ‘जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।’
मन्त्री भण्डारीले देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै चुनौतीलाई अवसरमा बदल्नुआवश्यक रहेको बताउनुभयो । ‘देश सङ्कटपूर्ण अवस्थामा छ’ उहाँले भन्नुभयो– ‘सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।’
मन्त्री भण्डारीले राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह