
काठमाडौँ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ ।
लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित कृतिको सोमबार आयोजित कार्यक्रममा प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गर्नुभएको छ । यसअघि ‘पिल्सिएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसक्नुभएका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो ।
कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनासँग सम्द्धव रोचक संस्मरण सङ्ग्रहित छन् । साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ शहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, विरक्तिँदा खानी खोश्री, आफू गयौँ नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली, क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरु श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।
सुरभी साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रा डा लुइँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेल्नुभएको भूमिका सराहनीय रहेको बताउनुभयो । ‘आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो’ उहाँले भन्नुभयो । कृतिमा आप्रवासको झल्को पाइएको उहाँको भनाई छ । प्रा डा लुइँटेलले कृति सरल र पठनीय रहेको उल्लेख गर्नुभयो ।
पुस्तकको समीक्षा गर्दै नेपाल सरकारका पूर्वसचिव एवं समालोचक गोपी मैनालीले प्रवासमा रहेर नेपाली साहित्य, सङ्गीत र समाज सेवामा समर्पित व्यक्ति साहित्यकार लामा भएको बताउनुभयो । साहित्य मनका वेदना पोख्न लेखिने गरेको उहाँको भनाई छ । ‘पुस्तकमा विभिन्न क्षेत्रको वर्णन गरिएको छ, पुस्तक घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको छ, उक्त कृति म पात्रमा आधारित भएर लेखिएको छ’ उहाँले भन्नुभयो ।
व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने र सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्तिले उनलाई छुट्टै पहिचानमा उल्लेख गरेको समालोचक मैनालीले बताउनुभयो । उहाँले पुस्तकको भाषाशैली सरल रहेको बताउनुभयो ।
वरिष्ठ समालोचक एवम् पूर्वप्रशासक युवराज मैनालीले स्मृतिका बिम्बहरु विमोचनसँगै नेपाली साहित्यमा नयाँ इँटा थपिएको बताउनुभयो । लेखकको मन नेपालमा र भौतिक शरीर अमेरिकामा भएको उहाँको भनाई छ । समालोचक मैनालीले किताब सरल र सहज भएको बताउनुभयो । उहाँले कृति पठनीय भएको उल्लेख गर्नुभयो ।
वरिष्ठ समालोचक लीला लुइँटेलले संस्मरण लेख्ने काम सारै गाह्रो भएको भन्दै नयाँ कृतिका लागि लेखकलाई धन्यवाद दिनुभयो । पछिल्लो समय संस्करण लेख्ने चलन फस्टाउँदै गएको उहाँको भनाई छ । सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, वरिष्ठ पत्रकार प्रदीप चापागाइँ, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल चलचित्र क्षेत्रका निर्देशक आकाश अधिकारी, वरिष्ठ पत्रकार तारा बराल, लेखक केनी पाण्डे लगायतले प्रवासमा बसेर नेपाली साहित्य क्षेत्रको विकासमा साहित्यकार अविनाशीले पुर्याउनुभएको योगदान सबैका लागि उदाहरणीय रहेको बताउनुभएको थियो ।
साहित्यकार लामाले डा एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड २०२२, रारा राष्ट्रिय म्युजिक अवार्ड २०२२, हिमालयन इन्टरनेशनल जुरी अवार्ड २०२३ लगायतका उत्कृष्ट अवार्ड तथा सम्मानपत्र र पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँले अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा कविडाँडा अविनाशी उत्कृष्ट पुरस्कारको प्रायोजन समेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री