
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले देशको संस्कृति संरक्षणका लागि विभिन्न चाडपर्व कोसेढुङ्गा सावित हुने बताउनुभएको छ ।
प्रदेश प्रमुख शर्माले आज मनाइँदै गरिएको २५५१औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिएको बताउनुभएको हो ।
शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई थप समृद्ध बनाएको बताउनुभएको हो । आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होेसार पनि एक महत्वपूर्ण पर्व भएको प्रमुख शर्माको भनाई छ ।
प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविध विशेषताका कारण विश्वमान चित्रमा हाम्रो छुट्टै पहिचान बनेको बताउनुभएको छ । ‘हाम्रो यो पहिचान निर्माणका लागि हाम्रा चाडपर्वको उल्लेखनीय भूमिका रहेको छ ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ– ‘विभिन्न ल्होसारमध्ये ग्याल्पो ल्होसार पर्व हामी नेपालीहरुको राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बन्न पुगेको छ ।’
प्रमुख शर्माले यो पर्वले आपसी सद्भाव एवं सहिष्णुता कायम गर्दै र राष्ट्रिय एकता हासिल गर्न सघाउ पुर्याउँदै आएको बताउनुभएको छ । देशको संस्कृति संरक्षणका लागि यस्ता चाडपर्व कोसेढुङ्गा सावित हुनेछन् भन्ने आफूलाई पूर्ण विश्वास रहेको प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह