
काठमाडौँ। बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो ।
पेनाल्टीमा बङ्गलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे । त्यसैगरी, सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने गोल गर्नबाट चुके ।
भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन् ।
त्यसअघि, खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो । खेलको ७१औँ मिनेटमा बङ्गलादेशकी मरियम बिन्ता हन्नाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएकी थिइन् । सङ्घर्षपूर्ण खेलमा गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको थियो । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश र भूटानको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह