
काठमाडौँ । त्रिकोणात्मक टी-२० आई श्रृंखला अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाएको थियो । तर वर्षाका कारण खेल हुन सक्ने अबस्था नभएपछि म्याच रेफ्रिले खेल रद्द भएको घोषणा गरेका हुन् ।
नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । करणले हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए । ७.२ ओभरमा ६१ रन बनाउँदा नेपालmले दोस्रो विकेट लिएको थियो । ८औँ ओभरको दोस्रो बलमा गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थिए । त्यसपछि खेल वर्षाले अवरुद्ध भयो र दुबै टीमले १-१ अंक बाँडे ।
त्रिकोणात्मक टी-२० आई फ्रेन्डसिप कपको पहिलो खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह