
पोखरा । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण शुरु भएको हो । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा गण्डकी प्रदेश टेनिस सङ्घको समन्वय तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा शनिबारदेखि कार्यक्रम शुरु भएको हो ।
बालबालिकाका लागि आयोजना गरिएको यो कार्यक्रम दुई महिना सञ्चालन हुनेछ । मोबाइलमा रमाउने बालबालिकालाई खेलमैदानसम्म ल्याएर प्रतिस्पर्धी खेलाडी उत्पादनको लक्ष्य राखिएको गण्डकी प्रदेश टेनिस सङ्घका सचिव नवीन चालिले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा छदेखि १६ वर्ष सम्मका २५ बालबालिकालाई सहभागिता गराइएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताउनुभयो ।
बालबालिकाका लागि टेनिस प्रशिक्षणले देशका लागि आवश्यक दक्ष टेनिस खेलाडी उत्पादन गर्न कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदीजस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकालाई मैदानमा ल्याएर उल्लेखनीय कार्य गरेको छ । कार्यक्रमले खेल संस्कृति र खेलकुद विकास अभियानमा समेत महत्त्वपूर्ण छ ।’
गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिकाबाटै शुरु भएकाले यस कार्यक्रममार्फत पहिलोपटक सोही वर्गका बालबालिकालाई समेटिएको बताउनुभयो । “खेल्छ गण्डकी कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो ।
‘यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह