
काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन सार्ने नेपाली कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भइरहेको छ । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलको आइतबार बिहान भएको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रियसभा अध्यक्षको निर्वाचन सार्न प्रस्ताव गरेको हो । बैठकमा कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा अध्यक्षको निर्वाचन केही दिन पर सार्न प्रस्ताव गर्नुभएको थियो । तर अन्य दलले कांग्रेसको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
कांग्रेसको प्रस्ताव अस्वीकृत भएपछि राष्ट्रियसभा अध्यक्षको निर्वाचन निर्धारित समयअनुसार फागुन २९ गते नै हुने भएको छ । संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’ राष्ट्रियसभा बैठक आज दिउँसो १ बजेर ९ मिनेटमा बोलाइएको छ । आजको बैठकले राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति औपचारिक रुपमा तोक्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह