
मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ ।
फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव, अर्थ सचिव, कानुन सचिव र अर्थविद्हरुसँग प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको २०८०÷०८१ को बजेटको विनियोजित सम्बन्धमा छलफल गर्न आइतबार अपराह्न १ बजे बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक बस्ने भएको छ ।
बैठकमा चालु आर्थिक वर्षको बजेटको विनियोजित सम्बन्धमा सरकार र प्रतिपक्षबीच भएको सम्बन्धमा कार्यान्वयन गर्न कानुनी अडचनबारे छलफल हुने विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह