
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै नारी दिवसले महिला सशक्तिकरणमा पाइला अगाडि बढाइराख्न अभिप्रेरित गरोस् भनी शुभकामना दिनुभएको हो ।
उहाँले सबै नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा विकासका समग्र आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ’ ‘११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
महिलाको हकलाई हाम्रो देशको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै उहाँले संवैधानिक व्यवस्थाबमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायमा अहिले कार्यान्वयन भइरहेको बताउनुभयो । प्रदेश प्रमुख शर्माले कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि बेलाबखत हुने अन्याय अन्त्य हामी सबैको दायित्वभित्र पर्ने पनि उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह