
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष नेपालले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यका सबै निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका साथै राष्ट्र निर्माणमा उनीहरूलाई अग्रसर हुने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
समाजमा विद्यमान सबै प्रकारका भेदभावको अन्त्यगरी जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा उहाँले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरी देशमा सामाजिक रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो छ ।
पूर्वप्रधानमन्त्री नेपालले देशमा विभिन्न समयमा भएका जनआन्दोलनमा महिला वर्गको सहभागिता र योगदानबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उनीहरुलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको विज्ञप्तिमा भन्नुभएको छ ।
आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह