
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
महाशिवरात्रिका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले, ‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो, प्रत्येक पर्वलाई सबैले आदर गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन्’ भन्नुभएको छ ।
शिवरात्रिजस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले सन्देशमा बताउनुएको छ ।
सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टीका तर्फबाट सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह