
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् भन्ने कामना व्यक्त गनुभएको छ ।
उहाँले महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक सांस्कृतिक महत्वको महाशिवरात्रि पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम गर्न सकोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।
‘महाशिवरात्रि विश्वभरका हिन्दूहरु पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने गरेका छन्, महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ’ शुभकामना सन्देशमा भनिएको छ– ‘महाशिवरात्रि पर्वमार्फत पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।’
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र संस्कार एवं संस्कृतिमा फरक भएकैले नेपालीहरु आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ– ‘संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् । विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।’
महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह