
कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही पदमुक्त हुनुभएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई आज पदमुक्त गर्नुभएको हो ।
शाही नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री हुनुभएको थियो । केन्द्रमा भएको सत्ता समीकरणको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेश सरकारमा यसअघि सहभागी माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि केही दिनअघि मात्रै पदमुक्त गरिएको थियो ।
यससँगै अब प्रदेश सरकारमा नेपाली कांग्रेसका मुख्यमन्त्री र दुई मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । सुदूरपश्चिम प्रदेशको ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सांसद छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह