
काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले बुधबार मात्रै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । चिनियाँ राजदूत छनले उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्रको जिम्मेवारी समालेको दोस्रो दिन बिहीबार उहाँसँग मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो ।
उहाँहरुबीच दुई मुलुकको सम्बन्ध, हितका साथै विविध आयाम बारे छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार चिनियाँ राजदूद छनले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोग रहने बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि मन्त्रालय पुगेर भेटवार्ता गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह