
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ द्वारा बिहीबार जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजिन ‘ नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उहाँले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भन्नुभयो । नेता कोइरालाले पार्टीमा गुटबन्दीको होइन विचारको राजनीति गर्नुपर्छ भन्नुभयो । उहाँले क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गननहुने बताउनुभयो ।
सङ्घीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरुको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै २०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिनुभयो ।
क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी नेतृत्वले गुटबन्दीलाई दुरुत्साहन गर्नुपर्छ भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह