
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा सत्ता समीकरण फेरिपछि नेकपा माओवादी केन्द्रको नेतृत्वको प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको हो ।
कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसका ६ जना मन्त्रीले बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर सामूहिक राजीनामा बुझाउनु भएको छ ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा, खानेपानी तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, स्वास्थ्य मन्त्री उत्तम जोशी र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार सामूहिक रुपमा राजीनामा दिनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह