
काठमाडौँ । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने तयारीसहित प्रधानमन्त्रीसँगको छलफलमा जुटेको छ ।
केन्द्रीय सचिवालय बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल प्रधानमन्त्री पुप्पकमल दाहालसँग छलफल गर्न बुधबार बालुवाटार जानुभएको छ ।
नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने तयारी भइरहेको छ । एकीकृत समाजवादीले ३ मन्त्रालय र एक मुख्यमन्त्री माग्ने योजना बनाएको छ। उपमहासचिव तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष, उपाध्यक्ष र महासचिव प्रधानमन्त्रीसँग छलफल गरेपछि सरकारमा जानेबारे औपचारिक निर्णय हुने जानकारी दिनुभएको छ। बैठकपछि उहाँले संचारकर्मीहरुसँग भन्नुभयो– अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’
प्रवक्ता खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह