
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पनि नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।
नयाँ समीकरणका निर्णायक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आउनुभएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको प्रस्तावलाई पार्टीमा छलफल गगरी निर्णय लिने बताउनुभएकाृे थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री नेपालसँग वाम गठबन्धनको वाचा गरेपछि एकीकृत समाजवादीले नया गठबन्धनलाई साथ दिने र सरकारमा हुने निर्णय गरेको हो ।
दुई मन्त्रीमा पाण्डे, जोशी र शाहको चर्चा
नयाँ गठन्धनमा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने भएको छ । तर एकीकृत समाजवादीबाट सहभागी हुनेहरुको नाम भने टुंगिसकेको छैन । २ मन्त्रीका लागि एकीकृत समाजवादीबाट पार्टी उपाध्यक्ष तथा धादिङबाट प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बझाङबाट प्रतिनिधिसभा सदस्य रहनुभएका पूर्वमन्त्री भानुभक्त जोशी र राष्ट्रियसभा सदस्य गरिमा शाह मध्ये कसकसलाई पठाउने ? भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । ।
नयाँँ गठन्धनमा मन्त्री बन्न प्रेम आले पनि दौध धुप गरिरहनुभएको छ । स्रोतका अनुसार आलेले बुधबार बिहान अध्यक्ष नेपाललाई निवासमै भेटेर जसरी पनि आफूलाई मन्त्री बनाउन आग्रह गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह