
काठमाडौँ । नयाँ समीकरणको निर्णयक दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय बाँडफाँड गरेसँगै एमालेले मन्त्रीहरुको नाम छिनोफानो गरेको हो ।
गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय पाउने भएको छ । पार्टी स्रोतका अनुसार सरकारमा एमालेको तर्फबाट नेतृत्व सचिव रघुवीर महासेठले गर्नुहुनेछ । महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुहुने भएको छ ।
एमालेबाट पदम गिरीले मन्त्री पदको शपथ लिइसक्नुभएको छ । एमालेले सरकारमा दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई पठाउने निर्णय गरेको छ । तर उहाँको मन्त्रालय भने तोक्न बाँकी छ ।
एमालेले अहिले सरकारमा पठाउन लागेकाहरु मध्ये महासेठ र अधिकारी बाहेक अरु सबै पुष्पकमल दाहाल प्रचण्ड सरकारमा गत वर्ष पनि मन्त्री बन्नुभएको थियो । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गर्दा उहाँहरुले मन्त्री पद छोड्न परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह