
काठमाडौँ । नयाँ गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग गठबन्धनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रहनुभएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मन्त्रीद्वय शक्तिबहादुर बस्नेत र रेखा शर्माले निरन्तरता दिन लाग्नुभएको माओवादी केन्द्र स्रोतले जनाएको छ । तर बस्नेत र शर्माको मन्त्रालय भने टुंगिएको छैन । माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि उहाँको समेत मन्त्रालय टुंगिएको छैन ।
दाहाल प्रधानमन्त्री नियुक्त हुँदा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समाल्नुभएको थियो । तत्कालीन अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाध्यात्म कारणले सरकारबाट बाहिअरिएपछि श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई अहिले फेरि गृहबाट उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयमा सारिने भएको छ । उहाँले यसअघि पनि परराष्ट्रमन्त्री बनिसक्नुभएको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाइने भएको छ । तर बस्नेत र शर्माको मन्त्रालय भने टुंगिएको छैन । माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि उहाँको समेत मन्त्रालय टुंगिएको छैन ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रहनुभएका सुदन किराती भने नदोहोरिने माओवादी स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह