
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच बुधबार आयोगको कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै हाल लैङ्गिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराउनुभएको छ। उहाँले लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न आह्वान गर्नुभयो ।
देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैङ्गिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयोगले अवलम्बन गरेका लैङ्गिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
भेटवार्तामा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा थानेश्वर भुसाल लगायतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह