
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्री लगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ ।
पार्टीको बुधबार बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चितता लगायत विषयमा नेताहरुले आफ्नो धारणा राख्नुभएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभएको छ ।
‘आजको बैठकमा सबै नेताहरुले मधेस प्रदेश सरकारको निरन्तरताको प्रत्याभूति खोज्नुभयो भने सोहीअनुरुप आफ्नो धारणा पनि राख्नुभयो । परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ’ उहाँले भन्नुभयो । प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ ।
जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको विषयमा टुङ्गो लागेपछि थप निर्णय गर्ने भएको त्यो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेस प्रदेशको मुख्यमन्त्री हाम्रो‘बटममलाइन हो । पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह