
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सत्ता सहकार्यका विषयमा छलफल भएको छ। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिनुभएको छ ।
महासचिव भुसालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गर्नुभएको बताउँदै यस विषयमा आफूहरुले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिनुभयो । महासचिव भुसालले भन्नुभयो, “उहाँहरुले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा सचिवालय बैठकले निर्णय गर्नेछ ।”
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले नेकपा एसकाअध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि बढाउन आग्रह गर्नुभएको थियो । भेटका अवसरमा अध्यक्ष नेपालले चार दलको नयाँ सहमतिबारे आफूलाई जानकारी नदिइएको बारे प्रश्न राख्नुभएको थियो ।
“प्रचण्ड जी र म निरन्तर छलफलमा थियौं। बाहिर कुरा चुहिन्छ कि भनेर डर थियो । यस बीचमा प्रचण्ड जी ले पनि तपाईंसँग छलफल हुन पाउनुभएन । अब सहकार्य गरेर जाऔं। हिजो गल्ती भयो, कमीकमजोरी भए, यसबारे बसेर समीक्षा गर्दै जाऔंला। अहिले चाहिँ मिलेर अघि बढौं,” एमाले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताउनुभयो ।
एमालेसँगको विभाजनपछि अध्यक्ष ओली र अध्यक्ष नेपालबीच कोटेश्वरमा पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले सोमबार पनि अध्यक्ष नेपालसँग कोटेश्वरस्थित निवासमा भेटवार्ता गर्नुभएको थियो ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह