
इलाम । इलाममा आदिवासी लिम्बू संस्कृति पुस्तान्तरण गर्न याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ गरिने भएको छ । चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजनामा सदरमुकाममा फागुन २४ र २५ गते महोत्सव तथा २५औँ राष्ट्रिय चुम्लुङ गर्न लागिएको हो ।
चुम्लुङ महासचिव निरन्ती तुम्बापोले संस्कृति संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव तथा गर्न लागिएकाृ मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । ‘फागुन २५ गते साँझ सहभागी सबैलाई तरेचा ९सांस्कृतिक परिकार०मा सहभागी गराइनेछ’ चुम्लुङ महासचिव निरन्ती तुम्बापोले भन्नुभयो । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने उहाँको भनाई छ ।
इलामस्थित चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले पूर्वका ९, उपत्यकाका ३ र चितवन गरी १३ जिल्लाबाट सहभागिता जनाइनेछ । लिम्बूवान प्रदेश कार्यसमिति र नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति, थप ६ विषयगत सङ्गठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधि, सम्बन्धनप्राप्त लिम्बूजन्य तथा थरगत संस्थाका प्रतिनिधि, व्यवस्थापक जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र अन्य गरी करिब २ सय ३० जना छलफलमा सहभागी हुनेछन् ।
‘त्यसअवसरमा करिब दुई सय च्याबु्रङ नृत्य (केलाङ)सहित सांस्कृतिक कला प्रस्तुत गरिनेछ’ महासचिव तुम्बापोले भन्नुभयो– ‘सहभागीले तागा (पुरुषले लाउने सांस्कृतिक पोशाक) र मेख्ली (महिलाले लाउने सांस्कृतिक पोशाक) पनि प्रदर्शन गर्नेछन् ।’ महोत्सवमा मालाङ (धाननाच) पनि प्रस्तुत गरिनेछ । चुम्लुङ सङ्घीय उपाध्यक्ष कमल तिगेलाले भन्नुभयोे– ‘सांगठानिक तथा प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति–कार्यक्रम तय गरिनेछ ।’
यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बूवान आन्दोलन, मुन्धुम निसान हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजना बनाइने पनि उहाँले जानकारी दिनुभयो । इलाममा विजयबहादुर लिम्बूलगायतका सहिदको लिम्बुवानका लागि बलिदानको चर्चा र लिम्बू याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा पनि गरिने उहाँको भनाई छ । महोत्सव उद्घाटनका दिन इलामस्थित नारी विकास सङ्घको कार्यालयको प्राङगणबाट शुरु हुने सांस्कृतिक झाँकीसहितको प्रदर्शन इलाम चोक बजार पुगेर समारोहमा परिणत हुनेछ । इलाममा २०४६ सालमा चुम्लुङ गठन भएको हो ।
चुम्लुङले आदिवासी याक्थुङ/लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक, शैक्षिक लगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेको चुम्लुङ इलामका सचिव राम योङहाङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह