
काठमाडौँ । कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कवितासङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी : आत्माले भिजेका कविताहरू’ लोकार्पण भएको छ ।
‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेशप्रेम, प्रकृति, प्रेम, सौन्दर्य, गामबेंसी, नारी अस्मिता, संवेदना विषयका ६३ गीत–कविता तथा ‘मेराकी’ (कामप्रतिको समर्पण भाव) मा मुक्तिको चाहना राखिएका ३७ कविता समाविष्ट छन् ।
राष्ट्रकवि माधव घिमिरेका सन्तान घिमिरे र पौडेलका कृतिकोे विमोचन आमा महाकालीसहितले विमोचन गर्नुभएको हो । पौडेलका यसअघि गीत, ‘गीति एल्बम, गजल, कथा, कविता, सम्पादन गरेर १२ कृति प्रकाशन भइसकेका छन् । घिमिरेको यो पहिलो कृति हो । दुवै ‘आवरण प्रकाशन’द्वारा प्रकाशन भएका हुन् ।
कार्यक्रममा प्रा डा कृष्णहरि बरालले ‘पेनड्राइभ’ माथि समीक्षा गर्दै लयात्मक, ध्वन्यात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक शैली तथा सरल अभिव्यक्तिबाट काव्यको शक्ति र ज्योति छर्न सकेको बताउनुभयो । नियात्राकार प्रतीक ढकालले ‘मेराकी’ मा विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै अनौठो रहेको जनाउँदै आफूले घिमिरेलाई आफूभित्र हेर्ने कविका रूपमा पाएको बताउनुभयो ।
कवि पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले स्वदेशको मायामा र बालबालिकाका लागि पनि गीत–कविता कोरेको बताउनुभयो भने कवि घिमिरेले आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको स्पष्ट गर्नुभयो । दुवै समीक्षकले कृतिकारहरूलाई पिताको प्रभावबाट मुक्त हुन पनि सुझाव दिनुभयो ।
आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले तीन वर्षअघि स्थापित संस्थाले लोकार्पित कृति संस्थाको १५औँ र १६औँ कृति भएको र आफूले ७ सय भन्दाबढी कृतिमा आवरण कोरेर सेवा गरेको बताउँदै आफ्नो प्रकाशनले स्रष्टाहरूको प्रतिलिपि अधिकार र प्रचारप्रसारका लागि पनि काम गरिरहेको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी