
नयाँदिल्ली । भारतको मध्य प्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा ५ महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
घाइतेमध्ये केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरू त्यही गाउँका हुन् र नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।
राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा