
काठमाडौँ । यस वर्षको योगेश्वर वाङ्मय पुरस्कार इलामका कवि विमल वैद्य र ग्रेगरी कलासाहित्य सम्मान ताप्लेजुङका साहित्य, कला, सङ्गीत तथा संस्कृतिका साधक स्रष्टा भरतकुमार गुरुङलाई प्रदान गरिने भएको छ ।
योगेश्वर स्मृति प्रतिष्ठानले यस वर्ष वैद्य र गुरुङलाई सम्मान गर्ने निर्णय गरेको छ। वाङ्मय पुरस्कार २५ हजार रुपैयाँ र ग्रेगरी कलासाहित्य पुरस्कार २० हजार रुपैयाँ राशीको छ ।
नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा १७ वर्षदेखि काम गरिरहेको संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रत्येक वर्ष समर्पण गर्दै आएका दुई विशिष्ट पुरस्कारका लागि विजेताको घोषणा गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित प्रत्येक वर्ष प्रदान गरिने योगेश्वर वाङ्मय पुरस्कार वर्ष २०८० का लागि साहित्यलाई विशेष आत्मसात गर्दै साहित्यसेवी एवम् समाजसेवीका रूपमा वाङ्मयिक योगदान पुर्याउने इलामका कवि वैद्यलाई र कलासंस्कृतिविद् प्रा डा ग्रेगरी जी मस्कारिनेकका नाममा स्थापित ग्रेगरी कलासंस्कृति पुरस्कार २०८० ताप्लेजुङकै साहित्य, कला, सङ्गीत तथा संस्कृतिका साधक स्रष्टा गुरुङलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ। उपध्यक्ष राजेश्वर कार्कीकै अध्यक्षतामा बसेको बैठकले यस वर्ष वैद्य र गुरुङलाई पुरस्कृत गर्ने निर्णय लिएको हो । काठमाडौँभन्दा बाहिरका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका यी दुवै पुरस्कार फागुन २६ गते ताप्लेजुङमा सम्पन्न हुन गइरहेको विशेष सिर्जना उत्सव समारोहका बीच समर्पण गरिने प्रतिष्ठनकी अध्यक्ष, कवि तथा निबन्धकार मोमिलले प्रेस विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
योगेश्वर वाङ्मय पुरस्कार यसअघि स्रष्टाहरू डा कृष्णराज डीसी, अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा, डा मधुसूदन गिरी, डीबी टुहुरो र पुष्कराज रेग्मीलाई प्रदान गरिसकिएको छ । ग्रेगरी कलासंस्कृति पुरस्कार यसअघि शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई मनोहर लामिछाने, नवीन विभास र राजेन्द्र गोपाल सिंहलाई प्रदान गरिसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री