
काठमाडौँ । मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ जनाको मृत्यु भएको छ ।
शरणार्थी शिविरमा एक घरमा भएको हवाई आक्रमणमा कम्तीमा १७ जना प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ। स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा सारिएको छ ।
प्रत्यक्षदर्शीहरूले एक इजरायली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ ।
यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजरायली आक्रमणमा मर्ने प्यालेस्टिनीको सङ्ख्या बढेर २९ हजार तीन सय १३ पुगेको र ६९ हजार ३ सय ३३ जना घाइते भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा