
काठमाडौँ । इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले शिया धर्मगुरु मुक्तादा अल-सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गर्नुभएको छ। उहाँले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताउनु भएको छ।
रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल-खाफाजीको हत्या कानुनको उल्लङ्घन हो भन्दै सुरक्षा बललाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपाय कडा पार्न निर्देशन दिनु भएको छ। उहाँले घटनाको छानविन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ ।
अल-खाफाजी सोमबार बिहान राजधानी बगदादबाट करिब सय किलोमिटर दक्षिणमा रहेको हिला शहरको उत्तरमा रहेको जेबाला क्षेत्रमा राजमार्गको छेउमा मृत फेला परेका थिए । उनलाई आइतबार साँझ घर नजिकैको समूहले अपहरण गरेको आन्तरिक मन्त्रालयको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।
अल-खाफाजी अल-सद्रका प्रभावशाली अनुयायी थिए जसले सद्रिस्ट आन्दोलनको नेतृत्व गर्दै लाखौं इराकीको कमाण्ड गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा