
काठमाडौँ । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा रिहा हुनुभएको छ । पूर्वप्रधानमन्त्री सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको ६ महिनापछि आइतबार पेरोलमा रिहा हुनुभएको हो ।
उहाँलाई पेरोल कैदी व्यवहारिक अवस्था पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी रिहाई गरिएको हो । शर्त पालना नभएको अवस्थामा पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सकिने उल्लेख छ ।
स्थानीय समयअनुसार आइतबार बिहान ६ः०६ बजे बैङ्ककको उहाँको उपचार गरेको र एक वर्षको जेल सजायको छ महिना बिताएको एउटा प्रहरी अस्पतालबाट थाक्सिन कारमा चढेर घर फर्किनुभएको हो । पूर्वप्रधानमन्त्री थाक्सिनले उपचार गरेको र एक वर्षको जेल सजायको ६ महिना बिताएको सिन्ह्वाका संवाददाताहरूले बताएका छन् ।
थाइल्याण्डकी प्रधानमन्त्री श्रेता थाभिसिनले यस पहिले नै थाक्सिनलाई पेरोलमा रिहा गर्नु कानुनसम्मत हुने बताउनुभएको थियो । देशको कानुन तथा न्याय मन्त्रालयका अनुसार यसै महिना पेरोलका लागि स्वीकृत ९ सय ३० कैदीमध्ये ७४ वर्षीय पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुनुहुन्छ । थाइल्याण्डको कानुन अनुसार उहाँ ७० वर्षभन्दा बढी उमेर पुगेको र गम्भीर रोगबाट पीडित भएकोले पेरोलका लागि योग्य हुनुहुन्छ ।
थाक्सिनले १५ वर्षभन्दा लामो निर्वासन तोडेर गत वर्षको अगस्टमा थाइल्याण्ड फर्किनुभएको थियो तर उहाँलाई तत्काल हिरासतमा लिइएको थियो र विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।
स्वदेश फर्केको केही समयपछि स्वास्थ्य समस्याका कारण उहाँलाई बैङ्ककको जेलबाट प्रहरी अस्पतालमा सारिएको थियो । गत सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले थाक्सिनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष कायम गर्नुभएको थियो । थाक्सिन सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्री हुनुहुन्थ्यो तर सन् २००८ देखि उहाँ स्वनिर्वासनमा हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा