
काठमाडौँ । अमेरिकाले गाजा क्षेत्रमा युक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले नयाँ मतदान रोक्ने चेतावनी दिएको छ ।
गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि त्यो प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको देखिन्छ ।
जनवरीको अन्त्यमा अन्तर्राष्ट्रिय अदालतले इजराइलले गाजामा आफ्नो युद्धमा नरसंहार कार्य रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्ने फैसला गरेपछि अल्जेरियाले एउटा नयाँ मस्यौदामा छलफपल शुरु गरेको छ । फैसलामा अदालतले इजराइलले हमास लडाकूलाई निशाना बनाइरहेको बताएको छ ।
एएफपीले शनिबार प्राप्त गरेको मस्यौदा प्रस्तावको पछिल्लो संस्करणमा ‘तत्काल मानवीय युद्धविरामको माग गरिएको छ र त्यसलाई सबै पक्षले सम्मान गर्नुपर्ने’ उल्लेख छ । ‘प्यालेस्टिनी नागरिकको जनसङ्ख्याको जबरजस्ती विस्थापनलाई पनि अस्वीकार गर्दछ र सबै बन्धकलाई बिनाशर्त तत्काल रिहाइको माग गर्दछ’ प्रस्तावमा भनिएको छ ।
अक्टोबर ७ मा हमाससँग शुरु भएको गाजा युद्धमा इजराइलमा अधिकांश सर्वसाधारणसहित ६ करिब एक हजार एक सय ६० नागरिक मारिएका थिए । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले गाजामा गरेको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २८ हजार आठ सय ५८ जनाको ज्यान गएको छ ।
अल्जेरियाले मङ्गलबार राष्ट्रसङ्घीय सुरक्षा सुरक्षा परिषदमा मतदानका लागि आग्रह गरेको छ तर वासिङ्टनले मतदानमा विशेषाधिकार प्रयोग गर्नसक्ने सङ्केत दिएको छ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले अल्जेरियाको प्रस्तावित मस्यौदाबारे एक विज्ञप्तिमा भन्नुभयो– ‘अमेरिकी राष्ट्रपति जो बाइडेन इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र इजिप्ट तथा कतारका नेताहरूसँग बन्धक सम्झौतामा काम गरिरहनुभएको छ, यसले युद्धमा करिब ६ साताको युद्धविराम ल्याउने छ ।’
‘यसको विपरीत सुरक्षा परिषदमा राखिएको प्रस्तावले यी परिणाम प्राप्त हुँदैन र वास्तवमा युद्धविरामको विपरीत हुनसक्छ’ उहाँले भन्नुभयो– ‘अमेरिका यो मस्यौदा प्रस्तावमा कारवाहीको समर्थन गर्दैन, यदि मस्यौदा अनुसार यसलाई मतदानका लागि लगियो भने त्यसलाई अपनाउन सकिँदैन ।’
इजराइल र अमेरिकाले विरोध गरेको पछिल्ला मस्यौदा प्रस्तावहरू जस्तै नयाँ मस्यौदा प्रस्तावमा हमासले गरेको अभूतपूर्व आक्रमणको निन्दा गरिएको छैन । यसै महिनाको प्रारम्भमा राजदूत थोमस–ग्रिनफिल्डले अल्जेरियाको पछिल्लो पहलबाट वार्तालाई जोखिममा पार्ने खतरा रहेको बताउनुभएको थियो ।
राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले हालै भन्नुभएको छ, “अब सुरक्षा परिषद्का लागि मानवीय युद्धविरामको प्रस्तावमाथि निर्णय लिने समय आएको छ भन्ने हामीलाई विश्वास छ, सुरक्षा परिषद्का सदस्यहरूबीच मस्यौदा प्रस्तावको तत्वहरूका लागि ‘ठूलो समर्थन’ छ ।”
अक्टोबर र डिसेम्बरमा गाजाको बढ्दो मानवीय सङ्कटमाथि अन्तर्राष्ट्रिय दबाबका बावजुद वासिङ्टनले युद्धविरामको माग गर्ने सन्देशमाथि विशेषाधिकार लगाएको थियो। सुरक्षा परिषद्ले अक्टोबर ७ पछि गाजालाई लिएर दुई मात्र प्रस्तावलाई अपनाएको छ । यसमा प्यालेस्टिनी क्षेत्रमा ठूलो स्तरमा मानवीय सहायता पुर्याउन गरिएको आग्रह पनि समावेश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै