
काठमाडौँ । नेपाली ‘ए’ र क्यानडा–११ बीचको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेल आज हुँदैछ । मूलपानीस्थित क्रिकेट मैदामा संचालनहुने खेल विहान ९ः३० बाट शुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले गत बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ‘ए’ टिम घोषणा गरेको थियो । नेपाल ‘ए’ टिममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता र यू–१९ विश्वकप खेलेका खेलाडीलाई समावेश गरेको छ ।
क्यानले टिमको प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई नियुक्त गरेको छ ।
क्यानले आजको खेल हेर्ने दर्शकहरुका लागि निःशुल्क प्रवेसको व्यवस्था गरेको छ ।
तीन खेलको श्रृंखलाको दोस्रो खेल फागुन ८ गते मंगलबार र तेस्रो खेल फागुन १० गते बिहीबार हुने छ ।
नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायान यादव, सुजन थपलिया ।
यो पनि ...
नेपाल ‘ए’ र क्यानडा–११ बीचको तीन खेलको श्रृंखला आइतबारदेखि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा