
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जर्मनको राजधानी बर्लिन र फ्रान्सको पेरिस पुग्नुहुनेभएको छ । राष्ट्रपति जेलेन्स्कीले दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न शुक्रबार त्यहाँ पुग्नुभएको हो ।
युक्रेनमा जारी युद्ध तेस्रो वर्षमा प्रवेश गर्न लागेका बेला जेलेन्स्कीले म्यूनिख सुरक्षा सम्मेलनमा आर्थिक सहयोग र हतियारमा निरन्तर सहयोगका लागि आफ्नो प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत नेताहरू भेला हुनेछन् ।
जेलेन्स्कीको युरोपेली मुलुकको भ्रमण युक्रेनी सैनिकहरूको लागि एक महत्वपूर्ण समयमा आएको छ, जसले गोलाबारुदको कमी र ताजा रूसी आक्रमणका कारण पूर्वी अग्रपङ्तीमा बढ्दो कठिन परिस्थितिको सामना गरिरहेका छन् ।
सबैभन्दा ठूलो योगदानकर्ता संयुक्त राज्य अमेरिका चुनावी वर्षको दौडानका कारण अर्बौं डलरको पश्चिमा सहायताको दीर्घकालीन भविष्य अन्योलमा रहेको छ । वासिङ्टनमा गत वर्षदेखि ६० अर्ब अमेरिकी डलरको सैन्य सहायताको सम्भावित प्याकेज कंग्रेसमा देखिएको विवादका कारण रोकिएको छ ।
युरोपेली सङ्घ (ईयू) ले मार्चसम्ममा पठाउने वाचा गरेको १० लाख तोपखानाको आधा गोला मात्रै व्यवस्था गर्न सक्ने बताएको छ । युरोपका दुई प्रमुख शक्तिशाली मुलुकहरू जर्मनी र फ्रान्सको भ्रमणका क्रममा जेलेन्स्कीले युद्ध समाप्त भएपछि आफ्नो देशको सुरक्षा प्रत्याभूतिलाई व्यवस्थापन गर्ने प्रयास गर्नुहुनेछ ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार युक्रेनको ‘दीर्घकालीन सुरक्षा प्रतिबद्धता र समर्थन’ समेट्ने गरी द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने जर्मन सरकारले जनाएको छ ।
एलिसीले शुक्रबार युक्रेनसँग सुरक्षा सम्झौतामा हस्ताक्षर हुने पनि पुष्टि गरेको छ, तर यसको विषयवस्तुबारे कुनै जानकारी दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा