+

पार्टीको नाम र चुनाव चिह्न फेर्नु हुँदैन, प्रत्यक्ष निर्वाचनबाटै केन्द्रीय सदस्य चुनौं

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । प्रधनमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताउनुभएको छ । 

माओवादी केन्द्रको मंगलबारदेखि राजधानीमा भएको विधान अधिवेशनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न फेर्न सुझाव दिएका थिए । अधिवेशनमा पार्टीको नाम र चिह्न फेर्न सुझाव आए पनि अध्यक्ष दाहालले तत्काल यस्तो सम्भव नभएको बताउनुभएको हो । आवश्यक परे यसबारे पछि निर्णय हुने अध्यक्ष दाहालको भनाई छ । 

अध्यक्ष दाहालले विधान अधिवेशनमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी र कमिटीको निर्वाचनबाट पदाधिकारी चुन्ने व्यवस्था गरिने बताउनुभयो । 

माओवादी केन्द्रको केन्द्रीय समिति  १ सय ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिको एक तिहाई स्थायी समिति हुनेछ । अध्यक्ष दाहालले ११ जनाको केन्द्रीय पदाधिकारी बनाइने बताउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै