+

फाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्रसंघले फाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी दिएको छ । 

राष्ट्रसङघीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार राफाह इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह नागरिक मानिसहरू मृत्यु हुनसक्ने चेतावनी दिनुभएको हो । 

ग्रिफिथ्सले समुदायको चेतावनीलाई उल्लेख गर्दै इजरायलले उनीहरूको आह्वानको बेवास्ता नगर्ने विश्वास व्यक्त गर्नुभएको छ । रफाह र गाजाका मानिसहरू आक्रमणको शिकार भएको बताउदै उहाँले यसको तीव्रता, क्रूरता र दायरा अतुलनीय भएको उल्लेख गर्नुभएको छ ।

मानवीय सहायताकर्मीहरूले चार महिनाभन्दा बढी समयदेखि अप्ठेरोमा परेका मानिसहरूलाई सहयोग गर्न करिव असम्भव रहेको कुरामा जोड दिँदै उहाँले सुरक्षा सुनिश्चितता, सहायता आपूर्ति तथा कामलाई निरन्तरता दिने कर्मचारी क्षमताको अभाव रहने चेतावनी दिनुभयो ।  

मानवीयमामिला समन्वयका लागि संयुक्त राष्ट्रङ्घीय कार्यालय (ओसिएएचए) ले मङ्गलबार गाजाको स्वास्थ्य मन्त्रालय ९एमओएच० लाई उद्धृत गर्दै २४ घण्टाभित्र इजरायली आक्रमणबाट थप १३३ प्यालेस्टिनीको मृत्यु भएको तथा १६२ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै