
काठमाडौँ । दक्षिणी शहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा मृत्यु हुनेको संख्या सय नाघेको छ ।
आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफएले जनाएको छ। सोमबार बिहान रफाहमा इजरायली सेनाले करिब ४० हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ। इजरायली सेनाले सोमबार दक्षिणी गाजामा आतङ्कवादीले शङ्खलावद्ध आक्रमण गरेको तर अन्य विवरण प्रदान नगरेको बताएको छ ।
सात अक्टोबर २०२३ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार एक सय ७६ पुगेको छ।आक्रमणमा ६७ हजार ७ सय ८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ। गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधाआधी बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् ।
रफाहको जनजीवन यतिखेर नाजुक छ। बासिन्दाले क्रसिङमार्फत विदेशी देश र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् । सीमावर्ती रफाह शहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितले भरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन