
काठमाडौँ । सूचना प्रविधिका क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफिसिएल इन्टेलिजेन्ट–एआइ) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको मानवनिर्मित प्रविधि एआइमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ ।
गुगल, माइक्रोसफ्ट, लेनोभोजस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादक एआइमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआइ प्रविधिका विभिन्न एप चर्चामा पनि रहेका छन् ।
ती एपले सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआइ प्रविधिको प्रयोग गर्छन् अर्थात् ‘ओपन सोर्स’मार्फत सूचना निर्माण गर्ने काम गर्छन् । यसै प्रविधिमार्फत हाल नेपाली गीतका लागि श्रव्यदृश्य तयार गरिएको छ ।
गायक प्रमोद खरेल र गायिका डा त्रिशाला गुरुङले गाउनुभएको बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन, उदाहरण बन’ को श्रव्यदृश्य एआइ प्रविधिमार्फत तयार गरिएको हो ।
हामीले सोचेजस्तो भिडियोलाई एआइको मद्दतले तयार गरेका हौँ । अहिले विश्वभर प्रविधिको प्रयोग बढिरहँदा हामीले पनि सुरुआत गरेका हौँ”, निर्देशक ढुङ्गेलले भन्नुभयो, “गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलटजस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोचभन्दा माथि उठेर जेजस्तो काम, पेशा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।” श्रव्यदृश्यलाई राजु बस्नेतले सम्पादन गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा